नियम १६
बैङ्कमा रहेको खाता बही र अन्य स्रेस्ताको निरीक्षण र गोपनीयता
(१) बैङ्कमा रहेको रकम सम्बन्धित विवरण सम्बन्धित खातावाला बाहेक अरू कसैलाई आधिकारिक रूपमा बताइने छैन ।
(२) कुनै मुद्दा मामिला वा अन्य कानूनी कारवाहीको सिलसिलामा अदालतले बैङ्कको काम नरोकिने गरी बैङ्कको बही खाता वा अन्य स्रेस्ताको निरीक्षण गर्न सक्नेछ र निरीक्षणको लागि त्यस्तो बहीखाता वा अन्य स्रेस्ता प्रस्तुत गर्नु बैङ्क तथा सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।
(३) बैङ्कको खाता बही र अन्य स्रेस्ताको निरीक्षण गर्दा अदालत, लेखा परीक्षक वा अरु कसैले पनि बैङ्क कारोबारको गोपनीयता भङ्ग गर्नु हुँदैन ।